Logo

२६ साउन, रौतहट । रौतहटमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।

ईशनाथ नगरपालिका–४ मठिया टोल बस्ने महमद साहबानको ६ वर्षीय छोरा महमद सुलतानको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको हो ।

“छोरा घरको छतमा खेल्दै थिए । खेल्ने क्रममा अचानक विद्युतिय तारमा छुन गई करेन्ट लागेर गम्भिर घाईते भयो”, बुवा साहबान भन्छन् ।

उनको उपचारको क्रममा प्रादेशिक अस्पताल गौरमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार