Logo

२७ साउन, पर्सागढी । पर्साको विन्दवासिनी कोईलाभार साझेदारि वन अन्तर्गत रहेको विभिन्न खोलाहरुबाट दिनहु गिट्टी बालुवाको खुलियाम चोरी तस्करी भईरहेको छ ।

पर्सागढी नगरपालिका अन्तर्गत रहेको कर्जनिहा र सिंङ्गाही खोलाबाट दिनहु गिट्टी बालुवाको चोरी तस्करी हुँदा समेत स्थानीय वनकर्मी र प्रहरीहरु मुकदर्शक बनेको स्थानियले आरोप लगाएका छन् ।

सव-डभिजन वन कार्यालय बडनिहार र सो मातहतका छतवनटाडि, मनवा वन कार्यालय र बडनिहार प्रहरी चौकी, मनवा प्रहरी चौकीहरुकै अगाडिबाट गिट्टी बालुवा ओसारपसार भईरहँदा पनि उनीहरु एकसुको नबोल्नु भनेको पैसाले मुख बन्द भएको हुनसक्ने स्थानियले अनुमान गरेका छन् ।

असारको १ गते देखि बन्द भएका खोलाहरु पालिकाले ठेक्का नलगाउँदा प्रहरी र वनकर्मीहरुलाई कमाई खाने भाँडो भएको स्थानियले बताएका छन् ।

उनीहरु भन्छन्, “आर्थिक प्रलोभनमा परेर प्रहरी र वनकर्मीहरुले नै ट्रेक्टरलाई छुट दिई गिटीबालुवाको तस्करी बढाएका छन् ।”

कर्जनिया र सिङ्गाही खोलाबाट चोरी तस्करी गरि ल्याइएका गिट्टी, बालुवा अहिले पर्सागढि, बहुदरमाई नगरपालिकासँगै वीरगञ्जका विभिन्न ठाउँसम्म बेच्न पुगिरहेको छ ।

स्थानियले भन्छन्, “चोरी तस्करिको गिट्टी बालुवा चर्को मुल्यमा समेत विक्री भईरहेको छ ।”


सम्बन्धित समाचार