Logo

२७ साउन,काठमाडौं । आम आदमी पार्टीको दिल्ली सरकारका पूर्व मन्त्री सन्दीप वाल्मीकी भाजपामा प्रवेश गरेको तीन घण्टामै निष्कासित भएका छन्। हरियाणाको पञ्चकुलामा शनिबार मुख्यमन्त्री नायब सिंह सैनीको उपस्थितिमा सन्दीप आफ्ना सहकर्मीहरूसहित भाजपामा प्रवेश गरेका थिए। मुख्यमन्त्री आफैंले उनलाई पार्टी प्रवेश गराएका थिए । तर, ३ घण्टापछि उनलाई पार्टीबाट बर्खास्त गरियो ।

मुख्यमन्त्री नायब सिंह सैनीले उनलाई पार्टी प्रवेश गराएको फोटो भाइरल भएलगत्तै सन्दीप वाल्मीकीको विवादसँग जोडिएको पुरानो समाचार पनि सामाजिक सञ्जालमा सेयर हुन थालेको थियो ।

यो कुरा थाहा पाउनेबित्तिकै भाजपाले कारबाही ग¥यो। सन्दीपले आफूमाथि लागेका गम्भीर आरोपसँग सम्बन्धित तथ्य लुकाएर पार्टीलाई भ्रमित गरेको भाजपाको आरोप छ । त्यसपछि पार्टीले उनलाई निष्कासन गरेको हो ।

भाजपा राज्य महासचिव सुरेन्द्र पुनियाले जारी गरेको पत्रमा दिल्लीका पूर्व मन्त्री सन्दीप वाल्मीकी भाजपामा सामेल भए पनि उनले आफ्नो पृष्ठभूमि लुकाएको जानकारी दिइएको छ। तथ्य सार्वजनिक हुनेबित्तिकै भाजपाले सन्दीपलाई पार्टीको प्राथमिक सदस्यताबाट हटाएको पत्रमा उल्लेख छ ।

पार्टीले सन्दीपलाई आगामी दिनमा कुनै पनि हालतमा पार्टीसँग आवद्ध नगराउने जनाएको छ । सन्दीप शनिबार साँझ लगभग ८ बजे पार्टीको पञ्चकुला कार्यालयमा भाजपामा सामेल भएका थिए र लगभग ११ बजे उनलाई पार्टीबाट बाहिर निकालियो। सन्दीप मूलतः सोनीपतका हुन्।

सन्दीप वाल्मीकी आम आदमी पार्टीको दिल्ली सरकारमा महिला तथा बाल विकास मन्त्री थिए। सन् २०१६ मा रासन कार्ड बनाउने विवादित मुद्दामा एक महिलाले उनीमाथि गम्भीर आरोप लगाएकी थिइन् । यसपछि मुख्यमन्त्री अरविन्द केजरीवालले सन्दीपलाई मन्त्री पदबाट हटाएर पार्टीबाट पनि निष्कासित गरेका थिए ।

 


सम्बन्धित समाचार