Logo

२८ साउन,काठमाडौं । भारत बिहारको जेहानाबादस्थित बाबा सिद्धेश्वर नाथको मन्दिरमा गएराति भागदौड मच्चिँदा ७ जनाको मृत्यु भएको छ । भागदौडमा ३५ श्रद्धालु घाइते भएका छन् ।

जेहानाबाद सदर अस्पतालमा ७ जनाको शव लगिएको र मृतकको संख्या अझै बढ्न सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

साउन महिनामा बाबा सिद्धेश्वरनाथको मन्दिरमा जलाभिषेक गर्न भक्तजनको भीड लाग्ने गर्दछ । दुर्घटनाको जानकारी दिँदै घाइतेहरुलाई अस्पतालमा भर्ना गरी उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जेहानाबादका प्रहरीले ७ जनाको मृत्यु भएको पुष्टि गरेका छन् ३५ जनाभन्दा बढी घाइते भएको बताइएको छ । घाइतेहरुको स्थानीय मखदुमपुर र सदर अस्पतालमा उपचार भइरहेको छ ।

साउन महिनामा यस मन्दिरमा भक्तजनको ठूलो भीड लाग्ने गर्दछ । यहाँ टाढा टाढाबाट मानिसहरु आउँछन् । आज साउनको सोमबार गएराति देखि नै धेरै मानिस पूजा गर्न आएका थिए ।


सम्बन्धित समाचार