Logo

२८ साउन,वीरगञ्ज । बारा प्रहरीले बिल बिजक नभएको धेरै परिमाणमा खुद्रा सामान बरामद गरेको छ । बाराको पथलैयाबाट प्रहरीले ७१ लाख ६७ हजार बराबरको भन्सार छलीका विभिन्न सामानहरु बरामद गरेको हो ।

बाराको अमलेखगंजबाट खटिएको प्रहरीको टोलीले आज चितवनतर्फ जाँदै गरेको ट्रकबाट स्रोत खुलाउन नसकेका र सपोटिङ बिल नभएका सामानहरु पक्राउ गरेको हो ।

बीरगन्जबाट चितवनतर्फ जाँदै गरेको ना ३ ख ३९५० नम्बरको ट्रकबाट प्रहरीले कस्मेटिक सामान, रेडिमेट कपडा, मिल पार्टससहित खुद्रा सामान बरामद भएको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले बताए । भन्सार छलीका सामान र ट्रक आवश्यक कारबाहीका लागि पथलैया राजश्व कार्यालयमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।


सम्बन्धित समाचार