Logo

२८ साउन,वीरगञ्ज । पर्साको जानकी टोलास्थितको नहरमा ट्याक्टर पल्टिदाँ एकजनाको मृत्यु भएको छ । जानकी टोलाको प्रहरी चौकी नजिकै नहरमा ट्याक्टर अनियन्त्रित भई पल्टिदाँ चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा छिपहरमाई गाउँपालिकाको टिहुकी निवासी ५० वर्षीय प्रेम मुखिया बिन रहेका इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ । भाटा बाबाको मेला दर्शन गरी फर्कने क्रममा प्रदेश २–०३–००१ त ५३३९ नम्बरको ट्याक्टर अनियन्त्रित भइ दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक राजन ढकालले पुष्टि गरे ।

घटनास्थलमा प्रहरी पुगेर मृतकको शव नहरबाट निकाल्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार