Logo

२८ साउन,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा करेन्ट लागेर एकजना मजदुर घाइते भएका छन् । महानगरपालिकाको वडा नम्बर १३ राधेमाइमा करेन्ट लागेर एकजना मजदुर घाइते भएका हुन् ।
घाइते हुनेमा बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ निवासी इम्तियाज मियाँ तेली रहेका छन् ।

राधेमाइमा घर ढलान गर्ने क्रममा अचानक करेन्ट लागेर उनी घाइते भएको पर्सा प्रहरीले जानकारी दिएको छ । घाइते तेलीको अवस्था सामान्य रहेको पर्सा प्रहरी प्रवक्ता दीपक भारतीले बताए ।
जिल्ला अदालत रोडस्थित निलकण्ठ अस्पतालमा उनको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।


सम्बन्धित समाचार