Logo

३० साउन,काठमाडौं । नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्क(Felicity Volk)ले नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बिदाई भेट गर्नुभएको छ ।

अध्यक्ष प्रचण्डसँग नेपालका लागि अष्ट्रेलियन राजदूत भोल्कले अध्यक्ष निवास खुमटारमा भेट गर्नुभएको हो ।

भेटको अवसरमा राजदूत भोल्कले नेपालको शान्ति प्रक्रियालाई सहमतिमा टुंगोमा पुर्याउन सफलता मिलेकोमा बधाई दिंदै नेपालको अन्तराष्ट्रिय सम्मान विकासमा प्रधानमन्त्रीत्वकाल धेरै नै सफल र उत्कृष्ट भएको बताउनुभयो ।

सो क्रममा अध्यक्ष प्रचण्डले नेपाल–अष्ट्रेलिया सम्बन्धलाई थप मजबुद बनाउन राजदूत फेलिसिटीले खेलेको भुमिकाको प्रशंसा गर्दै आगामी बाटोमा सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।


सम्बन्धित समाचार