Logo

३० साउन,काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले माओवादी सशस्त्र युद्धलाई जनयुद्ध भन्न नसकिने अडान दोहो¥याउनुभएको छ।

बुधबार प्रतिनिधि सभा बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सो युद्धलाई जनयुद्ध नभनेको भन्दै प्रधानमन्त्री ओलीमाथि असन्तुष्टि व्यक्त गर्नुभएको थियो। सोही विषयमा टिप्पणी गर्दै अध्यक्ष केसीले सो सशस्त्र युद्ध उग्रवामपन्थी भडकाव भएकाले त्यसलाई जनयुद्ध भन्न नसकिने जिकिर गर्नुभयो।

उहाँले तत्कालीन प्रधानमन्त्री दाहाल ‘प्रचण्ड’प्रति सङ्केत गर्दै त्यो जनयुद्ध भएको भए सत्ताका लागि मरिहत्ते गर्थ्यो भनी प्रश्न समेत गर्नुभयो।

उहाँले सशस्त्र द्वन्द्वको क्रममा राज्यपक्ष र तत्कालीन विद्रोह माओवादी पक्षबाट युद्ध अपराधमा सामेल सबैलाई कारबाहीको दायरामा ल्याउन पनि सरकारसँग माग गर्नुभयो।

अध्यक्ष केसीले भन्नुभयो, ‘टिआरसी विधेयकमा जुन सहमति भएको छ। त्यसप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। माओवादीको नेतृत्वमा भएको सशस्त्र कारबाहीलाई हामीले कहिल्यै पनि जनयुद्ध मानेका थिएनौँ। र त्यसलाई उग्रबामपन्थी भडकाव नै भएको घोषित गरेका थियौँ। किनभने त्यो सशस्त्र कारबाही माक्सवादी, लेनिनवादी सिद्धान्त र परिस्थितिको ठोस विश्लेषणमाथि आधारित थिएन।’

अध्यक्ष केसीले युद्ध अपराधमा संलग्नलाई उन्मुक्ति दिने काम गरेकाले सङ्क्रमणकालीन न्याय निरूपणको काममा ढिलाइ हुन पुगेको पनि दोहो¥याउनु भयो।


सम्बन्धित समाचार