Logo

३१ साउन,बारा । बाराको पचँरौता नगरपालिकामा सनातन धर्म रक्षा मन्चको ६६ औ सत्संग गोष्ठी सम्पन्न भएको छ । नगरपालिकाको वडा नम्बर ३ स्थित श्री नगर बैरिया रामरानकी मन्दिरको प्राङगणमा गोष्ठी सम्पन्न भएको हो ।

आत्म बोध समाज निर्माण, हत्या हिंसारहित समाज निर्माण, नशामुक्त तथा भेदभाव रहित समाज निर्माण लगायतका उद्देश्यमा आधारित रहि प्रवचन दिइएको थियो । सनातन धर्म रक्षा मन्चका अध्यक्ष ओमप्रकाश ठाकुरको अध्यक्षतामा भएको गोष्ठीमा बैकुण्ठ प्रसाद जयसवाल, ओम प्रकाश ठाकुर, ब्रह्माकुमारी राज योगका निर्माला दिदी लगायतले प्रवचन दिएका थिए ।

कार्यक्रममा हरिओम पण्डितले भजन सुनाएका थिए । गोष्ठीमा श्रद्धालु, भक्तजन तथा साधुसन्तहरु समेतको बाक्लो उपस्थिती रहेको थियो ।


सम्बन्धित समाचार