Logo

३२ साउन, वीरगञ्ज । भारतमा रसगुल्ला नदिएको कारण शिक्षक पिटिएका छन् । स्वतन्त्रता दिवसमा झन्डा फहराउन जम्मा भएका विद्यार्थीहरुले रसगुल्ला माग्दा समेत नदिएको भन्दै शिक्षकलाई लखेटी लखेटी पिटेका हुन् ।

बिहारको बक्सर स्थित एउटा सरकारी उच्च माध्यामिक विद्यालयमा रसगुल्ला नदिएको बाहनामा शिक्षकलाई पिटेको बिहार पुलीसले जनाएको छ ।

विद्यालयको हाताभित्र रहेका विद्यार्थीलाई रसगुल्ला दिएको तर बाहिर भएकालाई नदिएको भन्दै विवाद सुरु भएको थियो ।

१५ अगस्त विहिबार आयोजित कार्यक्रममा सहभागि विद्यार्थीहरुले रसगुल्ला नदिएर पक्षपात गरेको भन्दै शिक्षकलाई लखेटी लखेटी पिटेको विषय चर्चामा छ ।

दिवस विषेश झण्डा फहराउने कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई रसगुल्ला वितरण गरिएको थियो । सो क्रममा विद्यालय हाता बाहिरका विद्यार्थीलाई छुट्याएको भन्दै सुरु भएको विवाद बढेपछि विद्यार्थीको जमातले शिक्षकलाई दौडाइ दौडाई कुटेको बिहार मुरार थाना प्रभारी कमल नारायण पांडेले बताए ।


सम्बन्धित समाचार