Logo

१ भदौ, काठमाडौं । भारत प्रशासित जम्मू–कश्मीरमा एक दशकमा पहिलोपटक विधानसभा निर्वाचन हुने निर्वाचन आयोगका प्रमुखले  बताएका छन् ।

सन् १९४७ मा ब्रिटिस शासनबाट स्वतन्त्र भएदेखि नै मुस्लिम बहुल क्षेत्र भारत र पाकिस्तानबीच विभाजित भएको हो र प्रत्येक पक्षले यसलाई पूर्ण रूपमा दावी गर्दै आएको छ ।

“लामो अन्तरालपछि जम्मू–कश्मीरमा चुनाव हुन लागेको छ र हुनेछ”, मुख्य निर्वाचन आयुक्त राजीव कुमारले नयाँ दिल्लीमा पत्रकारहरूलाई बताए ।

यस क्षेत्रको विधानसभाका लागि सेप्टेम्बर १८ देखि अक्टोबर १ सम्म तीन चरणमा मतदान हुनेछ । कुल ८७ लाख मानिस मतदान गर्न योग्य रहेको आयोगले बताएको छ ।

यस क्षेत्रका सबै मतपत्रहरू अक्टोबर ४ मा एकैचोटि गणना गरिनेछ र मतदानको परिणामहरू सोही दिन घोषणा गरिनेछ ।

कतिपयले चुनावले आफ्नो नेता छनोट गर्न पाउने जनताको अधिकार सुनिश्चित गर्ने बताएका छन् भने केही आलोचकहरुले ९० सिटको विधानसभासँग शिक्षा र संस्कृतिमा नाम मात्रको अधिकार हुने र यस क्षेत्रको महत्वपूर्ण निर्णयहरू अझै पनि नयाँ दिल्लीमा निहित रहने दावी गरेका छन् ।

कश्मीरको पूर्ण स्वतन्त्रता वा पाकिस्तानसँगको बिलय माग गर्ने केही कट्टरपन्थी पृथकतावादीहरुले भने चुनावको विरोध गर्दै करिब १ करोड २० लाख जनसङ्ख्या भएको हिमाली क्षेत्रको भविष्य निर्धारण गर्न जनमतसंग्रहको माग गरेका छन् ।


सम्बन्धित समाचार