Logo

५ भदौ, वीरगञ्ज । पर्सा टेलिकम्युनिकेसन प्रालिको अनुमति (लाईसेन्स) खारेज भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले साउनको अन्तिम साता वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ स्थित पर्सा टेलिकम्युनिकेसन प्रालिको अनुमतिपत्र खारेज गरेको हो ।

पर्सा टेलिकम्युनिकेसनले नविकरण गर्न तोकिएको समयावधि भित्र निवेदन पेश नगरेपछि सेवा प्रदायकको ईजाजत पत्र (लाईसेन्स) स्वतः रद्द भएको नेपाल दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ । खारेजीमा परेको पर्सा टेलिकम्युनिकेसन प्रालिले २२ साउन २०७६ मा नेटवर्क सेवा प्रदायकको अनुमतिपत्र पाएको थियो ।

यस्तै हात्तीसार काठमाडौंको इन्फोकम प्रालिको लाइसेन्स पनि खारेज भएको छ । ईन्फोकमले पनि समयमै अनुमति पत्र नविकरण नगरेको हुँदा स्वतः रद्द भएको दूरसञ्चार प्राधिकरणको भनाई छ । इन्फोकम प्रालिले १५ असार २०६५ मा अनुमति पत्र लिएको थियो ।

खारेज भएका ईन्टरनेट सेवा प्रदायक कम्पनीले अडिटेड वित्तीय विवरण अनुसार तिर्न÷बुझाउन पर्ने ग्रामीण दूरसञ्चार विकास कोष तथा रोयल्टी दस्तुर वापतको रकम छिटो बुझाएर सम्पर्क गर्न दूरसञ्चार प्राधिकरणले भनेको छ ।


सम्बन्धित समाचार