Logo

६ भदौ,काठमाडौं। नेपाललाई बहुल राष्ट्रिय राज्यमा रुपान्तरण गर्ने मुख्य उद्देश्यका साथ गत वर्ष २०८० फाल्गुन १६ गतेदेखि औपचारिक रुपमा राष्ट्रिय मुक्ति क्रान्ति संघर्षको मैदानमा उत्रिएको छ। उसले आफ्ना सदस्यहरुको नामावली सार्वजनिक गरेको छ। सो संगठनले आगामी मंसिर महिना देखि निर्णायक सडक संघर्षमा जाने घोषणा गरिसकेको छ।

संगठनको महासभा समितिमा २५०१ जाना तथा राष्ट्रिय समितिमा ३५१ जानालाई राखिएको छ। नेपालका तराई, पहाड र हिमाल सबै क्षेत्रका बासिन्दाहरू लाई संगठनमा राखिएको छ। काठमाडौं उपत्यकाका तीनवटै जिल्लाहरु, बिकट हुम्ला, मुगु, भोजपुर, अछाम लगायत बाट पनि सदस्यहरु समेटिएको छ।

संयोजकमा वरिष्ठ नेता राजेन्द्र महतो र अन्यलाई सदस्यमा राखिएको छ। अन्य राजनीतिककर्मीहरु केशव झा, डा। राजिब झा, कौशल कुमार सिंह, गोविन्द चौधरी, जुनतारा पुन मगर, डा.अशोक महासेठ, निरुता मोक्तान, बुद्ध छिरिङ मोक्तान, रमण पाण्डे, रविन्द्र कुमार श्रेष्ठ, राम किशोर सिंह, संतोष मेहता, सनम लिम्बु, सुमन सायमी, कमला गुरुङ लगायतलाई संगठनको राष्ट्रिय समितिमा राखिएको छ।


सम्बन्धित समाचार