Logo

६ भदौ,काठमाडौँ । प्रतिनिधि सभाको बैठक सुरु भएको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची छ। प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद–९ अनुसार प्रधानमन्त्रीसँग प्रश्नोत्तर भएको हो।

बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाअन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची छ। धितो पत्रसम्बन्धी (पहिलो संशोधन) विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ।

त्यस्तै उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु प्रसाद पौडेलले धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक(२०८१ प्रस्तुत गर्नेछन्। अर्थमन्त्री पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयकसमेत सम्भावित कार्यसूचीमा उल्लेख छ।


सम्बन्धित समाचार