Logo

६ भदौ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले भ्रष्टाचार मुद्दामा ५ वर्षे हदम्याद राख्ने कुरा मान्य नहुने बताएका छन् । मन्त्रिपरिषद्को नीतिगत निर्णयको पनि परिभाषा हुनुपर्ने उनको भनाइ छ ।

बिहीवार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा लामिछानेले भ्रष्टाचारको मामिलामा हदम्याद राख्न नमिल्ने बताएका हुन् । ‘भ्रष्टाचार मुद्दामा ५ वर्षे हदम्याद मान्य हुने छैन, नो इफ नो बट, हाम्रो कुरा क्लियर कट,’ उनले भने ।
साथै लामिछानेले नीतिगत निर्णय गरेर मन्त्रिपरिषद् लैजाने क्रमलाई रोक्नु पर्ने बताए । ‘मन्त्रिपरिषद्ले गर्ने निर्णयको परिभाषा हुनुपर्छ,’ उनले भने ।

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा भ्रष्टाचार निवारण ऐनमाथि छलफल चलिरहेको छ ।


सम्बन्धित समाचार