Logo

६ भदौ,काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवा बिहीबार भारत भ्रमण पूरा गरी स्वदेश फिर्ता भएकी छन् । गत आइतबार नयाँ दिल्ली पुगेकी मन्त्री डा राणाले भारतमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्नुका साथै विदेशमन्त्री एस।जयशङ्करसँग द्विपक्षीय वार्ता गरेकी थिइन् ।

मन्त्री डा राणासँग भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख डा विजय चौथाइवालेले पनि भेट गरेका थिए । स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भ्रमण फलदायी भएको प्रतिक्रिया दिइन् ।

मोदीसँगको भेटका क्रममा आफूले प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट उनलाई नेपाल भ्रमणका लागि औपचारिक रुपमा निम्तापत्र हस्तान्तरण गरेको राणाले जानकारी दिइन् ।


सम्बन्धित समाचार