Logo

८ भदौ,वीरगञ्ज । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी वीरगञ्ज महानगर कमिटिको अध्यक्षमा रामबाबु मण्डल सर्वसम्मत चयन भएका छन् । वीरगञ्जको कुर्मी सेवा सदनमा आज भएको दोश्रो महानगर सम्मेलनबाट मण्डलको अध्यक्षतमा २१ सदस्यीय महानगर कमिटि सर्वसम्मत चयन गरेको हो ।

कमिटिको उपाध्यक्षमा तौसिफ अन्सारी, राजु सर्राफ र सुरज सिंहलाई चयन गरिएको छ । त्यस्तै महिला उपाध्यक्षमा रजनी सर्राफ सचिवमा शम्सेद अन्सारी, विवेक गुप्ता, कौशर आलम, राजन बेठा र कमलेश पटेललाई चयन गरिएको छ ।

संगठनको कोषाध्यक्षमा आँचल झा लगायत २१ जना रहेको महानगर कमिटिका नवनिर्वाचित अध्यक्ष रामबाबु मण्डलले जानकारी दिए । यसअघि निवर्तमान अध्यक्ष विवेक साहको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका पर्सा जिल्ला इञ्चार्ज विजय महतोले उदघाटन गरेका थिए ।

कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रीय उपमहासचिव प्रभाकर गुप्ता, सचिव तथा पर्सा जिल्ला इञ्चार्ज शिवम साह, निवर्तमान जिल्ला अध्यक्ष कबिराज पटेल, वाइसियल केन्द्रीय सदस्य तथा पर्सा इञ्चाज संतोष पटेल, संयोजक दिपेन्द्र सिंह पटेल, ठाकुराम इकाई अध्यक्ष अनिश पटेल लगायतको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार