Logo

९ भदौ,काठमाडौं । इन्डोनेसियाको राजधानी जकार्तामा सरकारले संवैधानिक अदालतको फैसला उल्टाउने प्रयासको विरोधमा हजारौं मानिसले प्रदर्शन गरेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो ।

विरोधका क्रममा संसद बाहिर अराजकता भएको थियो, केही प्रदर्शनकारीले गेट तोड्न खोजेका थिए भने केहीले शान्तिको अपिल गरिरहेका थिए ।

जकार्ता बाहेक पडाङ, बान्डुङ र योगकर्ता जस्ता अन्य प्रमुख सहरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो ।

पर्यवेक्षकहरू भन्छन् कि इन्डोनेसियाको संसद, राष्ट्रपतिका समर्थकहरूको वर्चस्व र देशको संवैधानिक अदालत बीचको शक्ति संघर्षले राजनीतिक संकट निम्त्याउन सक्छ।

बुधवार, इन्डोनेसियाको सर्वोच्च अदालतले उम्मेदवार खडा गर्न क्षेत्रीय सभाहरूमा पार्टीहरूलाई न्यूनतम २० प्रतिशत प्रतिनिधित्व आवश्यक नपर्ने निर्णय ग¥यो।

२४ घण्टाभित्र यो निर्णय उल्टाउन संसदले आपतकालीन प्रस्ताव पेश गरेको थियो । तर, संसदमा पर्याप्त सांसद नहुँदा बिहीबारको मतदान स्थगित भएको थियो ।

यो प्रस्ताव पारित भएमा निवर्तमान राष्ट्रपति जोको “जोकोवी” विडोडो र उनका उत्तराधिकारी प्राबोवो सुब्यान्टोलाई सहज हुनेछ।

जसका कारण धेरै स्थानीय तहको निर्वाचन निर्विरोध हुने अनुमान गरिएको छ ।


सम्बन्धित समाचार