Logo

२३ भदौ,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले प्रहरी जवानदेखि लिएर अधिकृतहरुको स्वास्थ्य परीक्षण गराएको छ । विश्व फिजियो थेरापि दिवसको अवसरमा प्रहरीले प्रहरी कर्मचारीहरुको सामान्य स्वास्थ्य परीक्षण गराएको हो ।

नेपाल मेडिसिटि बयोधा अस्पतालको प्राविधिक सहयोगमा पर्सा प्रहरीमा कार्यरत १५० जना प्रहरी कर्मचारीहरुको स्वास्थ्य परीक्षण गरिएको हो । परीक्षणमा प्रहरी जवानदेखि लिएर अफिसरहरुको समेत सामान्य परीक्षण गराइएको पर्सा प्रहरी प्रवक्ता दीपक भारतीले बताए ।

उनका अनुसार परीक्षणसंगै लामो समयसम्म उभिएर ड्यूटी गर्दा हुन सक्ने रोगबाट बच्नका लागि सबैलाई जानकारी गराइएको थियो । लामो समयसम्म ड्यूटी गदाए ढाड, कम्मर, घुँडासहित शरीरमा आउने समस्यालाई तत्काल आफै कसरी समाधान गर्ने उपायबारे चिकित्सकहरु प्रशिक्षण दिएको उनी बताउँछन् ।

शिविरमा ढाड, कम्मर, घुँडा दुख्दा कसरी कसरत गर्ने बारे चिकित्स टोलीहरुले जानकारी दिएका थिए । प्रहरी परिसरमा समान्य परीक्षणसंगै करिब २ घण्टा फिजियो थेरापिको विधिबारे जानकारी गराइएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

शिविरमा प्रहरी कर्मचारीहरुको ‘ब्लड प्रेसर’सहितको सामान्य परीक्षण गरिएको थियो ।


सम्बन्धित समाचार