Logo

२३ भदौ,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो स्वरमा डिजे तथा अतिशवाजी नगर्न अनुरोध गरेको छ । प्रहरीले आज एक विज्ञप्ति जारी गर्दै जिल्लामा ठूलो स्वरमा डिजे तथा आतिशवाजी नगर्न अनुरोध गरेको हो ।
जिल्ला सुरक्षा समितिको बैठकले ठूलो स्वरमा डिजे बजाउदा मानव स्वास्थ्यमा असर पार्ने भएको भन्दै अबको मितिदेखि नबजाउन आग्रह गरेको हो ।

प्रहरीले विभिन्न राजनैतिक, धार्मिक–सास्कृतिक, चाडपर्व, ¥याली, जुलुस, सम्मेलन, बैठक जस्ता कार्यक्रममा पनि ठूलो स्वरमा डिजे, स्पीकर नबजाउन सूचना जारी गरेको छ ।
प्रहरी प्रवक्ता दीपक भारतीले एक सूचना जारी गर्दै भने, ‘यी स्पीकरहरुको स्वरले मानव स्वास्थ्यलाई असर पार्ने काम गरिरहेको छ, त्यसकारण सबैको स्वास्थ्यलाई मध्यनजर गरेर सुरक्षा समितिको बैठकबाट यसलाई रोक लगाउने निर्णय भएको छ ।

त्यही अनुसार हामीले सूचना जारी गरेका हौं ।’अब यो सूचनाको बर्खिलाप कसैले डिजे बजाएमा त्यसलाई कानुन बमोजिम कारबाही हुने प्रहरीले विज्ञप्तिमा भनेको छ ।
२१ भदौंमा बसेको सुरक्षा समितिको बैठकले डिजे बजाउनमा प्रतिबन्द लगाएको हो ।


सम्बन्धित समाचार