Logo

२७ भदौ,काठमाडौं। भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम यचुरीको निधन भएको छ। भारतीय मिडियाका अनुसार यचुरीको आज ७२ वर्षको उमेरमा निधन भएको हो।

उनी अस्वस्थ भएपछि एम्स अस्पतालको आइसियूमा भर्ना भएका थिए। उनले विद्यार्थी कालबाट नै राजनीति सुरु गरेका थिए। उनी भारतमा इमर्जेन्सी लागु गर्दा पटक पटक पक्राउसमेत परेका थिए।

यचुरी नेपाल–भारत सम्बन्धका जानकारसमेत रहेका थिए। उनले नेपालका विभिन्न कम्युनिष्ट पार्टीहरुका महाधिवेशनको क्रममा अतिथिको रुपमा नेपाल आएका थिए।

यचुरी पछिल्लो ३२ वर्षदेखि सिपिएमको पोलिटब्यूरो सदस्य रहेका थिए। उनी २०१५ देखि पार्टीको महासचिव थिए भने २००५ देखि २०१७ सम्म भारतको राज्य सभा सदस्य समेत रहेका थिए।


सम्बन्धित समाचार