Logo

२९ भदौ, वीरगञ्ज । शनिबार दिउँसो मधेश सहित देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ ।

देशभर मनसुनी वायु तथा बंगालको खाडी उत्तरपूर्व रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ । जसका कारण कोशी र मधेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मधेश सहित कोशी, बागमती र गण्डकीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मधेश, कोशी, बागमती र गण्डकीका एक–दुई स्थानमा भारी वर्षा समेत हुनेछ ।

राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।

कोशीका तराई भूभागका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ । कोशी र गण्डकीका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।


सम्बन्धित समाचार