Logo

६ असोज,काठमाडौं । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा आतंकवादी र सुरक्षा बलहरू बीचको दुई छुट्टाछुट्टै भिडन्तमा ६ सैनिक र १२ आतंककारी मारिएका छन्।

आतंककारीहरूले प्रान्तको दक्षिण वजिरिस्तान जिल्लामा सुरक्षा बलको चेक पोस्टमा हमला गरेका थिए। गोलाबारीमा ६ जना सेनाको पनि मृत्यु भएको आइएसपीआरले जनाएको छ।

मारिएका लडाकुहरूबाट ठूलो परिमाणमा हतियार, गोलाबारुद र विस्फोटक पदार्थ पनि बरामद गरिएको छ। एजेन्सी

 


सम्बन्धित समाचार