Logo

७ असोज,काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्षसमेत रहेका केपी शर्मा ओली नेतृत्वको सरकारमाथि प्रश्नैप्रश्न उठाएका छन् ।

समसामयिक राजनीतिक विषयमा साक्षात्कार कार्यक्रममा प्रधानमन्त्री ओलीले अमेरिका भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटको विषयमा पनि प्रश्न उठाए ।

उनले भने, ‘अहिले हाम्रा प्रधानमन्त्रीले न्यूयोर्कमा भारतीय प्रधानमन्त्रीसँग कुरा गरेको सुन्यौँ । त्यसबेलामा सामान्य कुरा भयो होला समय पनि भएन । तर, हाम्रो देशको मूलभूत राष्ट्रिय हितको विषयमा, हाम्रा भौगोलिक अखण्डताको विषयमा त्यहाँ उठाएको भए त हामीले नेपालमा ताली बजाउँथ्यौँ धन्यवाद भनेर ।’

उनले भारतीय नेतृत्वसँग कुरा गर्दा प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको चुच्चे नक्साको विषयमा कुरा नउठाएको आरोप लगाए । उनले एमाले काँग्रेससँग संविधान भन्दा पनि सत्ताको लागि मिलेको जिकिर गरे । उनले भने, ‘दुई धुब्रका ठूला पार्टी मिलेका छन् संविधान संशोधन भनेका छन् अहिलेसम्म कुन धारा किन विषयमा संशोधन भन्न सकेका छैनन् ।’


सम्बन्धित समाचार