Logo

७ असोज,काठमाडौँ । संसदीय सुनुवाइ समितिमा दुई तिहाइ सदस्य उपस्थित नभएपछि श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईबारे निर्णय हुन सकेन । समितिको बैठक मंगलबार ९ बजेका लागि फेरि बोलाइएको छ । समितिमा कुनै पनि प्रस्ताव स्वीकृत वा अस्वीकृत गर्न दुई तिहाइ सदस्यको मत आवश्यक पर्छ ।

१५ सदस्यीय समितिको सोमबारको बैठकमा ८ जना मात्र सांसद उपस्थित भएपछि समितिले कुनै निर्णय गर्न सकेन । भट्टराईको राजदूत नियुक्त हुनका लागि आवश्यक स्नातक तह पासको प्रमाणपत्र नभएपछि समितिले यसअघि १६ जनाको नाम अनुमोदन गर्नेक्रममा उनको नामबारे थप निर्णय आवश्यक रहेको भन्दै सोमबारका लागि बैठक बोलाएको थियो ।

समितिका सदस्य एवं काँग्रेस प्रमुख सचेतक श्याम घिमिरेले शैक्षिक प्रमाणपत्र उपलब्ध नभएको अवस्थामा अनुमोदन हुन नसक्ने जानकारी दिए । अहिले सम्म समितिमा उनको प्रमाण पत्र उपलब्ध नभएको उनले बताएका छन्।


सम्बन्धित समाचार