Logo

१८ असोज,काठमाडौं । उत्तर प्रदेशको मिर्जापुरमा ट्रकले ट्याक्टरलाई ठक्कर दिँदा १० मजदुरको मृत्यु भएको छ।

बीबीसी हिन्दीका अनुसार यो दुर्घटना बिहीबार राति करिब १ बजे भएको हो। मिर्जापुर प्रहरीका अनुसार ट्रकले पछाडिबाट ट्याक्टरलाई ठक्कर दिँदा १० मजदुरको मृत्यु भएको हो।

मिर्जापुरका प्रहरी उपरीक्षक अभिनन्दनका अनुसार ट्र्याक्टरमा १३ जना मजदुर सवार थिए।

उनले भने– १३ जनामध्ये १० जनाको मृत्यु भएको छ भने तीन जनालाई उपचारका लागि बनारस पठाइएको छ। यी सबै मजदुर बनारसका बासिन्दा थिए। छिमेकी भदोहीमा कास्टिङको काम सकेर फर्किरहेका थिए।


सम्बन्धित समाचार