Logo

१८ असोज,बारा । डिभिजन बन कार्यालय पर्साले गएराती चार थान सालको गोलिया सहित ४ वटा साईकल बरामद भएको छ ।

सब डिभिजन बन कार्याल सबैयाबाट गएको टोलीले २९.६४ क्युफिट काठको गोलिया बरामद गरेको रेञ्जर भुपाल रोकायाले जानकारी दिए । बिशेष सुचनाको आधारमा गएको बन टोली राती करिब १ बजे झाँडीमा लुकी काठ तस्करहरुको प्रतिक्षा गरिरहेको थियो ।

साइकलमा लोड गरि काठ ल्याउँदै गरेको अवस्थामा काठ तस्करहरु बन गस्ती टोलीलाई देख्न साथ काठ र साईकल छोडि फरार भएको सबैया साझेदारी बनका रेञ्जर रोकायाले बताए ।

दुई चरणमा बिभाजन भई काठ तस्करहरु समात्ने योजनामा रहेका बन गस्ती टोली भेडाहा खोलाबाट बेलवातर्फ जाँदैँ गरेको दुई थान काठ र मिलन चोकबाट बेलवातर्फ जाँदैँ गरेको दुई थान गरी ४ थान काठ बरामद गरेको डिभिजन बन कार्यालय पर्साले जनाएको छ ।

बरामद काठलाई सबैया साझेदारी बनको प्राङ्गनमा राखिएको भने काठ तस्करहरुको खोजी कार्य भईरहेको डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदले जानकारी दिए ।


सम्बन्धित समाचार