Logo

२० असोज, काठमाडौँ । अमेरिकी राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पले यसअघि गोली प्रहार भएकै ठाउँमा पुनः आमसभा गरेका छन् । गएको जुलाई १३ तारिखमा पेन्सिल्भेनिआमा आयोजित चुनावी सभाका क्रममा ट्रम्पमाथी गोली प्रहार भएको थियो ।

कानमा गोली लागेर सामान्य घाइते भएका रिपव्लिकन ट्रम्पले फेरी त्यहीँ ठाउँमा चुनावी सभा गर्नुभएको बीबीसीले जनाएको छ । उनले आउँदो नोभेम्बर ५ तारिखमा हुने चुनावमा आफूले जीत हासिल गर्ने दाबी गरे ।

ट्रम्पको चुनावी सभामा अमेरिकी अर्बपती एलन मस्क पनि उपस्थित थिए । यस पटकको अमेरिकी राष्ट्रपति चुनावमा ट्रम्पलाई मस्कले पनि साथ दिदैछन् ।


सम्बन्धित समाचार