Logo

२० असोज,काठमाडौं । इजरायली हवाई आक्रमणका कारण लेबनानमा विस्थापित व्यक्तिहरूको संख्या झन्डै १२ लाख पुगेको छ। लेबनानी मन्त्रिपरिषद्को विपद् जोखिम व्यवस्थापन इकाईले जारी गरेको प्रतिवेदनमा सो संख्या उल्लेख छ।

अहिलेसम्म लेबनानभर विस्थापित व्यक्तिहरूलाई आश्रय दिन ८६७ केन्द्रहरू खोलिएको छ। कोही भागेर अन्य देशमा गए पनि कतिपयले सबैभन्दा लक्षित क्षेत्र छोड्न अस्वीकार गरेका छन्।

लेबनान अहिले गरिबीमा रहेको र जनताहरु पीडित रहेको बताइएको छ। एजेन्सी


सम्बन्धित समाचार