Logo

फाइल तस्बिर

२२ असोज,काठमाडौं । गाजा पट्टीमा इजरायलको चलिरहेको आक्रमण एक वर्ष पहिले अक्टोबर ७, २०२३ को दक्षिणी इजरायली सीमामा हमासको आक्रमणको प्रतिक्रियामा शुरु भएको थियो।
गाजामा इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्युको संख्या अहिले झन्डै ४२ हजार पुगेको छ। चोटपटक भएकाको संख्या एक लाखको नजिक छ। गाजा पट्टीमा युद्धले बालबालिकालाई ठूलो नोक्सान गरिरहेको छ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयको सेप्टेम्बरको अनुमान अनुसार १४ हजार भन्दा बढी बालबालिका मारिएका छन्। गाजाका बालबालिकाहरूले युद्धको दर्दनाक अनुभवहरूको सामना गरेका छन्।

गाजा पट्टीको अवस्था सामूहिक विवेकमा बढ्दो दाग रहेको मध्यपूर्व र उत्तर अफ्रिकाका लागि युनिसेफ क्षेत्रीय निर्देशक एडेल खोडरले बताए। युद्धमा मानिसलाई मार्ने हतियार भएको उनको भनाइ छ। ल्यान्सेटमा प्रकाशित हालैको अध्ययनका अनुसार इजरायलले गरेको हिंसाले गाजामा १ लाख ८६ हजारभन्दा बढी मानिसको ज्यान लिन सक्छ।

यो अनुमानले ठूलो मात्रामा भोकमरी, स्वास्थ्य सेवामा पहुँचको कमी र सार्वजनिक पूर्वाधार र सरसफाइ प्रणालीको बिचमा रोगहरूको द्रुत फैलावटका कारण हुने प्रत्यक्ष र अप्रत्यक्ष मृत्यु दुवै समेटिएका छन्।

अक्टोबर ८, २०२३ देखि हिजबुल्लाह र इजरायली सेना लेबनानी–इजरायली सीमाना पार गर्दै आक्रमण गरिरहेका छन्। यस वर्षको सेप्टेम्बर २७ मा, इजरायली हवाई आक्रमणमा इरान समर्थित हिजबुल्लाह नेता हसन नसरल्लाह मारिए। जवाफमा इरानले मंगलवार साँझ इजरायलमा करिव १८० मिसाइल प्रहार गरेको थियो। इजरायल र इरानबीचको पछिल्लो टकरावले इजरायलको युद्धको मोर्चालाई व्यापक क्षेत्रीय युद्धमा परिणत गर्ने डर बढाएको छ।

प्रधनमन्त्री नेतान्याहुले तेहरानका तानाशाहलाई आफूलाई प्रहार गरे दोहोरो चुनौतिको सामना गर्नुपर्ने चुनौती दिएका छन्। यमन र सिरियामा पनि इजरायलले हवाई आक्रमण गरेको रिपोर्ट आएको छ।

शान्तिको लागि बाधा

तनावको सामना गर्दै युद्धविराम र शान्तिको लागि आवाज विश्वको मूलधार भएको छ। संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेर्रेसले यो समय बन्दुक बन्द गर्नुपर्ने समय भएको बताए।

विश्वका अधिकांश नेताहरूले चलिरहेको नरसंहार तत्काल रोक्न आग्रह गरेका छन्। संयुक्त राज्य अमेरिकाले प्यालेस्टाइन–इजरायली मुद्दामा बारम्बार आफ्नो संयुक्त राष्ट्र भिटो प्रयोग गर्दै आएको छ। गाजा द्वन्द्व शुरु भएको सात महिनामा अमेरिकाले पाँच पटक भिटो प्रयोग गरेको थियो ।

चार पटक, अमेरिकाले गाजामा युद्धविराम अवरुद्ध गरेको छ। यो मनोवृत्तिले विश्वभर चिन्ता बढाएको छ। द्वन्द्व बढ्दै गए पनि अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलको लड्ने अधिकार दोहोर्याएका छन्।

इजरायलीहरूसँग इरानीहरूबाट मात्र नभइ सबै आक्रमणकारीस्ँग लड्ने अधिकार रहेको बाइडेनले बताउनुभएको छ। गत मंगलवार ह्वाइट हाउसले एक विज्ञप्तिमा राष्ट्रपति बाइडेनले अमेरिकी सेनालाई इरानको बिरूद्ध इजरायलको सुरक्षामा सहयोग गर्न निर्देशन दिनुभएको थियो। द्वन्द्वले धेरै मानिसको ज्यान लिइसकेको छ। अहिले हतियारको सट्टा शान्ति प्रयासको आवश्यकता छ। एजेन्सी


सम्बन्धित समाचार