Logo

८ कात्तिक, सेढवा । पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर १ बलुवा टोलमा नेपाल टेलिकमको नेटवर्कमा समस्या आएको छ । विगत ५ दिनदेखि नेटवर्कमा समस्या आएको स्थानीयको गुनासो छ ।

५ दिन देखि नेटवर्क नहुँदा सञ्चार पहुँचबाट बञ्चित भएको बलुवा निवासी नेसार सम्मानीको भनाई छ । त्यहाँ नेपाल टेलिकमको टावर भएपनि रेखदेखका लागि कुनै कर्मचारी नभेटिएको हाम्रा सहकर्मी कृष्णमोहन साहले बताए ।

यता त्यहाँको नेटवर्क समस्या बारे आफुहरुलाई कुनै गुनासो नआएको नेपाल टेलिकम वीरगञ्ज शाखाकाका प्रमुख नमाकर न्यौँपानेले बताए ।

समस्या भएको लोकेशनको जानकारी दिनु भन्दै उनले यस बारेमा तुरुन्तै जानकारी लिएर समस्या भए मर्मतका निम्ति प्रकृया बढाईने उनको भनाई छ ।


सम्बन्धित समाचार