Logo

२८ कात्तिक,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले साढे ४८ लाखको सामान सहितको ट्रक नियन्त्रणमा लिएको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका–८ घण्टाघरमा चेकजाँचको क्रममा बिल बिजक भन्दा बढी सामान लोड रहेकोले ट्रकलाई नियन्त्रणमा लिएको हो ।

वीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको ना।३ ख ७९१० नम्बरको मालबाहक ट्रकमा बिल विजक भन्दा बढीको ४८ लाख ५६ हजार ४ सय ३१ रुपैया बराबरको खुद्रा सामान तथा कपडाहरु लोड रहेको पाईएपछि ट्रकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक भारतीले जानकारी दिए ।

नियन्त्रणमा लिएको मालबाहक ट्रक थप अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार