Logo

४ मंसिर,वीरगञ्ज । सशस्त्र प्रहरी बल नं. १३ गण पर्सा र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले ११ लाख भन्दा बढीको भन्सार छलिको सामान बरामद गरेकने छ ।

सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हेडक्वाटर पर्साको बिशेष सुचनाको आधरमा प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज रिजालको कमाणडमा खटिएको टोली र वीरगञ्ज भन्सार कार्यालयबाट नायव सुब्बा सुवर्ण पौडेल सहितको ३ जना सहितको संयुक्त टोलिले पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर– १० आदर्शनगर स्थित राजेन्द्र बरैको घरमा गोदाम गरि राखिएको ६ लाख १४ हजार ४०० को कपडा र वीरगञ्ज –१३ तेजारथटोल स्थित शाह दरबार पार्टी प्यालेसमा अबैध रुपमा गोदाम गरी राखेको ५ लाख ८२ हजार तीनसय बराबरको काजु र खजुर गरी जम्मा ११ लाख ९६ हजार ७०० बराबरको काजु र खजुर बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले बताए ।

बरामद गरिएको सामान आवश्यक कारवाहीका लागस आज दिउँसो साढे दुई बजेको समयमा बिरगंज भन्सार कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी उपरीक्षक धिमालले बताए ।


सम्बन्धित समाचार