Logo

५ मंसिर,वीरगञ्ज । जिल्ला प्रहरी कार्यलय बाराले विभिन्न समयमा दण्ड सजाय तोकिएर फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गरी अदालतमा बुझाएको छ ।

प्रहरी कारवाहीको सिलसिलामा जिल्ला प्रहरी कार्यालय बारा मातहत रहेका विभिन्न प्रहरी ईकाइहरूबाट खटिएको प्रहरी टोलीले बारा जिल्ला अदालत कलैयाबाट दण्ड सजाय तोकिएर फरार रहेकाहरुलाई पक्राउ गरी अदालतमा बुझाएको हो ।

इलाका प्रहरी कार्यालय निजगढले प्रहरीले लागू औषधमा ५ महिना २८ दिन र पाँच हजार रुपैंया दण्ड सजाय तोकिएका निजगढ नगरपालिका वडा नम्बर–८ का नानसाईली भन्ने माया गोलेलाइ पक्राउ गरेको छ । उनीसँगै अर्जुन थापा भन्ने बालकृष्ण थापा, इन्दिरा थापा, खडक राज मैनालीलाई पनि पक्राउ गरेको छ । थापालाई ५ मिनाहा, २८ दिन र दुईहजार रुपैंया, ईन्दीरा थापालाई २० दिन र दुईहजार दण्ड सजाय तोकिएको छ ।

त्यसैगरी चेक अनादर मुद्दामा १ महिना जेल र पाँचसय जरिवाना तोकेर फरार रहेका निजगढ नगरपालिका वडा नम्बर ९ का खडक राज मैनालीलाई पनि पक्राउ गरेको छ। सवारी दुर्घटनामा १ बर्ष जेल र एकहजार जरिवाना भएकोमा फरार रहँदै आएका निजगढ नगरपालिकाकै वडा नम्बर २ का सागर राईलाई पनि पक्राउ गरेको छ ।

बाराको विश्रामपुर गाँउपालिका २ का रुपेश यादव भने अर्जुन राय यादव डाँक कसुरमा १ बर्ष जेल र १० हजार ५ सय जरिवाना फैसला गरिएकोमा उनलाई इलाका प्रहरी कार्यालय छतवा बाराको टोलीले पक्राउ गरेर अदालतमा बुझाएको छ ।

त्यस्तै परवानिपुर गाउँपालिका –३ लिपनीमालका कुटपिट अंगभग कसुरमा २ हजार जरिवाना तोकिएर फरार रहेका जयप्रकाश प्रसाद यादवलाई पनि पक्राउ गरेको छ । कलैया उपमहानगरपालिका वडा नम्बर–४ अदालत रोडका शिब मंगल रामलाई पनि चेक अनादरमा ५ सय रुपैंया जरिवाना कसुरमा पक्राउ गरी बारा जिल्ला अदालतमा बुझाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटोले जानकारी दिए ।


सम्बन्धित समाचार