Logo

 ४ असार,काठमाडौं ।  पूर्वसभामुख तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट बिदा लिने घोषणा गरेका छन्।

महराले बिहीबार प्रेस वक्तव्य जारी गर्दै पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भई अब साधारण सदस्यका रूपमा मात्र रहने निर्णय गरेको जानकारी दिएका हुन्। वक्तव्यमा उनले भनेका छन्, “निकै गह्रौँ मनका साथ आजकै मितिदेखि पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भई साधारण सदस्य रहने निर्णय गरेको जानकारी गराउन चाहन्छु।”

उनले आफ्नो निर्णय पार्टी नेतृत्वप्रति कुनै असन्तुष्टि, गुनासो वा वैचारिक विचलनका कारण नभई स्वास्थ्य समस्याका कारण बाध्यात्मक रूपमा गरिएको स्पष्ट पारेका छन्। महराले थप भनेका छन्, “यो निर्णय कुनै असन्तुष्टि, गुनासो वा वैचारिक विचलनका कारण नभई केवल स्वास्थ्य अवस्थाले सिर्जना गरेको बाध्यात्मक परिस्थितिको परिणाम हो।”

नेकपाका प्रभावशाली नेता मानिने महराको सक्रिय राजनीतिबाट बिदा हुने घोषणासँगै उनको लामो राजनीतिक यात्रामा महत्वपूर्ण मोड आएको रूपमा हेरिएको छ।


सम्बन्धित समाचार