१० मंसिर, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको नौकिलोमा ट्रक दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् । नारायणगढबाट मुग्लिङतर्फ गुडिरहेको बाग्मती प्रदेश ०३ ००१ ख ३४९० नम्बरको ट्रक हिजो बेलुका इच्छाकामना गाउँपालिका–६ नौकिलोमा सडक किनारमा पल्टिएको हो ।
चामल बोकेको ट्रक पल्टिँदा च्यापिएर दुई जनाको ज्यान गएको र तीन जनाको उद्धार गरेर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ज्यान गुमाउनेहरुको पहिचान खुलेको छैन ।
यसैबीच सुनसरीमा मोटरसाइकललाई अर्को गाडीले ठक्कर दिँदा एक दम्पतीको ज्यान गएको छ ।
इटहरी उपमहानगरपालिका वडा नम्बर १७ बालग्राम चोकमा मोटरसाइकललाई पहिचान नखुलेको गाडीले ठक्कर दिदा सङ्खुवासभाको धर्मदेवी नगरपालिकाका–३ का ३२ वर्षीय युवराज गुरुङ र उहाँकी श्रीमती ३२ वर्षीया टीका गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दिए ।