Logo

१० मंसिर,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बाराले ६३ लाख ६८ हजार मूल्य बराबरको विलविजक भन्दा बढीको सामान नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय बारा मातहतमा रहेका विभिन्न प्रहरी इकाईहरुबाट विभिन्न समयमा बरामद गरिएको सामान थप अनुसन्धान र कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाका अनुसार बाराकोण् जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.–७ जीतपुर चोकमा वीरगंजबाट पथलैया तर्फ जादै गरेको म.प्र.०३–००२ ख ०३१४ नं. को मिनि ट्रकलाई चेकजाँच गर्दा विलविजक भन्दा बढी लोड गरेको ४२ लाख ९३ हजार ८७० मूल्य बराबरको सेम्फु, जिलेट सर्फ लगायत अन्य खुद्रा समान नियन्त्रणमा लिएको हो ।

त्यस्तै ईलाका प्रहरी कार्यालय अमलेखगंजको टोलीले अमलेखगंज चोकमा धनुषाबाट काठमाडौं तर्फ जादै गरेको बागमति प्रदेश ०१–००६ ख ३७४१ नं.को ट्रकमा लोड गरेको १४ लाख ७९ हजार ७५० मूल्य बराबरको केराउ ५० बोरामा रहेको १५ सय केजी, रहरको दाल ५० बोरामा रहेको १५ सय केजी र भुटेको चना १० टन ५० केजी नियन्त्रणमा लिएको थियो ।

उक्त सामानको कुनै किसिमको बिल फेला नपरेपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । त्यस्तै पथलैयाकै प्रहरी टोलीले काँकडभिट्टाबाट बुटवलतर्फ जादै गरेको लु २ ख ६९०५नं. को यात्रु बाहक बसमा लोड गरेको १ लाख ४४ हजार ९३० मूल्य बराबरको खुकुरी ५९ पिस, काजु ३५ केजी र काँचको थाल–२ पोका नियन्त्रणमा लिएको छ ।

ती सामानको पनि कुनै किसिमको बिल नरहेको प्रहरीको भनाई छ । पथलैया चोकमै सर्लाहीबाट काठमाण्डौँतर्फ जादै गरेको प्र.०२–०३–००१ च ३३६५ नं.को पिक अप गाडीमा लोड गरेको ४ लाख ५० हजार मूल्य बराबरको ५६ कार्टुन टायरमा हाल्ने लिक्वीड र १३४४ पिस रबर नियन्त्रणमा लिएको छ । ती सामानको पनि कुनै किसिमको बिल नरहेको प्रहरीको भनाई छ ।


सम्बन्धित समाचार