१२ मंसिर,वीरगञ्ज । पर्सा प्रहरीले औषधि तथा खुद्रा सामान लोड रहेको एउटा ट्रक पक्राउ गरेको छ ।
प्रहरीले वीरगञ्ज महानगरपालिका–८ घण्टाघरमा लु २ ख ५४६०नम्बरको मालबाहक ट्रकलाई चेकजाँच गरेको थियो । जाँचको क्रममा उक्त ट्रकमा लोड रहेको औषधी तथा खुद्रा सामानहरु बिल बिजक भन्दा बढी रहेको आशँकामा प्रहरीले नियन्त्रणमा लिएको थियो ।
ट्रकमा लोड रहेको ५७ लाख ७७ हजार ८०३ बराबरको औषधि तथा खुद्रा सामानसहित ट्रकलाई आवशयक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।