Logo

१७ मंसिर, वीरगञ्ज । चिनियाँ कम्पनी डोङफेङले उत्पादन गरेको विद्युतीय सवारी साधान ‘नामी’को वीरगन्जमा सार्वजनिक गर्ने तयारी गरिएको छ । नारायणी अटोकर्पले वीरगन्जको भिस्वा होटलमा भोली साँझ साढे पाँचबजे विद्युतीय सवारी साधन ‘नामी’ सार्वजनिक गर्न लागेको हो ।

विद्युतीय सवारी साधन ‘नामी’ तीनवटा भेरियन्टमा आएको कम्पनीले जनाएको छ । इ–वान, इ–टु र इ–थ्री तीन वटा मोडेलमा आएको छ । नेपालमा भने इ–थ्री भेरियन्टको कार आएको आयातकर्ता कम्पनी एमए डब्लु रिद्धीका क्षेत्रीय प्रवन्धक विरेन्द्र अमगाईले जानकारी दिए ।

प्रिमियम ह्यास्ब्याक सहित ७० किलोवाट र ब्याट्री ४२.३ किलोवाटको रहेकोले एकपटकको चार्जले ३३० किलोमिटरसम्म गाडी चलाउन सकिने अमगाईले बताए । नामी कारमा अटो पार्किङ, एडभान्स ड्राईभर एसिस्टेण्ट सिस्टम (अडास) सहित ५ सिट क्षमताको कार फ्रेमलेस ढोका तथा फाईभ स्टार लक्जरियर्स रहेको छ ।

नाडा अटोमोबाईल्स प्रदर्शनीमै सातसय वटा गाडीको बुकिङ भएकोमा अहिले वितरण गरिरहेको उनले बताए । अन्तराष्ट्रियस्तरमा प्रख्यात सवारी उत्पादन कम्पनी निशान लगायतका कम्पनीहरुसँगको सहकार्यमा सवारी साधन उत्पादन गरिरहेको डेङफेङ कम्पनीको नामी कार निकै आकर्षक र ग्राहकको रोजाईमा पर्ने वीरगन्जको लागि आधिकारिक विक्रेता नारायणी अटोकर्पका प्रवन्धक रजत बजाजले जानकारी दिए ।

उनका अनुसार अहिले सेता, आकाशे निलो, हरियो र वैजनी गरी चारवटा रंगमा यो गाडी उपलब्ध रहेको छ ।


सम्बन्धित समाचार