१८ मंसिर,हेटौँडा । १ सय ११ किलो गाँजासहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत मोतिहारी चैनपुर ढाका थानाका ३० वर्षीय महोमद समिर रहेका छन् ।
उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले १ सय ११ केजी गाँजासहित आज पक्राउ गरेको एसपी विश्वराज खड्काले बताए।
उनीमाथि मनहरीबाट वीरगन्ज तर्फ जाँदै गरेको बा १० च ५३३ नम्बरको पिकअप गाडीलाई प्रहरीले तीनताप्केमा रोकेर जाँच गर्दा गाडीभित्र १ सय ११ केजी गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।