२४ पुष,वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साको नेतृत्वमा आज वीरगञ्ज महानगरपालिका वडा नं.१६ भन्सार एरियामा बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साका अधिकृत मन्दीप यादवको नेतृत्वमा विभिन्न नियामक निकायको संयुक्त अनुगमन टोलीले भन्सार एरियाका २२ वटा होटेल तथा पसलमा अनुगमन गरेको हो ।
अनुगमनका क्रममा पसलेहहरु पसल बन्द गरि सामन बाहिरै छाडेर बसेका थिए । त्यसपछि अनुगमन टोलीले सबैलाई जम्मा गरेर आजको अनुगमनको उद्देश्यबारे जानकारी गराईएको अनुगमनमा सहभागी उपभोत्ता हित संरक्षण मञ्च पर्साका उपाध्यक्ष अजित कुमार भुजेलले बताए ।
अनुगमनका क्रममा वीरगञ्ज १६ मा रहेको प्रमोद होटलले उपभोत्ता हित संरक्षण ऐन, २०७५ अनुसार नविकरण नगरेको, विजविजक व्यवस्थित नराखेकोले त्यसलाई व्यवस्थित गर्ने तथा सरसफाईको मापदण्डको पालना गर्न निर्देशन दिएको छ । त्यस्तै कृष्ण सेकुवा कर्नर पसलमा सरसफाईमा कमी रहेको, प्रिन्स एण्ड प्रिति जनरल किराना पसलमा सोनपापडीको मिति उल्लेख नभएको भेटिएपछि जफत गरिएको छ ।
अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालयका मन्दिप यादव, वाणिज्य तथा उपभोत्ता हित संरक्षण कार्यालय वीरगञ्जका शशिकान्त कुश्वाह, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका जगत चौधरी, होटल तथा पर्यटन व्यावसायी संघका बरिष्ठ उपाध्यक्ष रचिन्द्र थापा र वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी सहायक निरीक्षक रामविश्वास पटेल लगायतको सहाभागिता रहेको थियो ।