२७ पुष, सेढवा (पर्सा) । पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर ४ स्थित तराई सौलर प्यानल जडान गर्ने कम्पनिका एक मजदुर सवारी दुर्घटनमा घाईते भएका छन् ।
कम्पनीमा समान लिएर आएको लौडर (जेसिबी) ले कन्टेनरबाट सोलार अनलोड गर्ने क्रममा प्याकिङ्ग झर्दा जिराभवानी गाउँपालिका वडा नम्बर २ लमरिया निवासि २५ वर्षिय रामबाबु घाईते भएका हुन् ।
उनको दुवै खुट्टामा चोट लागेको र उपचारको लागि एलएस न्युरो हस्पिटल वीरगञ्जमा भर्ना गरिएको ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीले जनाएको छ । उनको स्वास्थ्य अवस्था समान्य रहेको उपचारमा संलग्न चिकित्सक बताएका छन् । जेसिबी चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।
जेसिबी चालक बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १२ निवासी २८ वर्षिय मोस्तुफा मियां मन्सुरीलाई नियन्त्रणमा लिएर दुर्घटना सम्बन्धमा अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।