४ माघ,सेढवा । खोलाबाट अवैध रुपमा बालुवा उत्खनन गरी चोरी निकासी गरिरहेको अवस्थामा पर्सा प्रहरीले २ वटा ट्याकटर नियन्त्रणमा लिएको छ ।
पर्साको पर्सागढी नगरपालिका–२ स्थित सिंगयाही खोलाबाट अवैध रुपमा गिट्टी, बालुवा उत्खनन गरी बागवानातर्फ लागै गरेको अवस्थामा प्रहरीले २ वटा ट्याक्टर नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरिक्षक प्रकाश थापाका अनुसार प्रहरीले बिहीबार साँझा ५ बजेको समयमा सिंगयाही खोलाबाट बालुवा उत्खनन् गरेको ना.५ त. ३१२८ नं. को बालुवा लोड ट्याक्टर र ट्याक्टरका चालक पर्साको पर्सागढी न.पा.–३ औराही बस्ने अन्दाजी वर्ष २५ को सरोज साह र प्र.–२–०३–००१ त १६८९ नं. को बालुवा लोड ट्याक्टर र चालक जिल्ला पर्सा पर्सागढी न.पा. २ बागवाना बस्ने अन्दाजी बर्ष २४ को संदिप पटेललाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएको बालुवा सहितको २ वटा ट्याक्टर थप अनुसन्धानका लागि अस्थायी प्रहरी पोष्ट मनवा पर्सामा ल्याई राखेको प्रहरी निरीक्षक थापाले बताए ।