Logo

Screenshot

१० माघ,वीरगञ्ज । भूमी समस्या समाधान आयोग पर्साको अध्यक्षमा नियुक्त तबरेज अहमदले आजदेखि कार्यभार सम्हालेका छन् ।

गएको पुस २९ गते सरकारले पर्सामा अहमदसंगै ७७ जिल्लामा भूमि समस्या समाधान आयोगको अध्यक्ष नियुक्त गरेको थियो ।

नियुक्त भएको दुई सातापछि अहमदले बिहीबार वीरगन्जस्थित भूमी समस्या समाधान आयोग पर्साको अध्यक्षको पदभार ग्रहण गर्दै विधिवत रुपमा कार्यभार सम्हालेका हुन् ।

जनता समाजवादी पार्टी (जसपा) का युवा नेतासमेत रहेका अहमदले यसअघि २०७८ चैत मा पनि पर्साको भूमी आयोगको अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन।

जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफ र पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अध्यक्ष अहमदलाई पदभार ग्रहण गराउँदै उनको सफल कार्यकालको लागि शुभकामना दिए ।

बिहीबारदेखि पदभारग्रहण गर्दै कार्यभार सम्हालेका अध्यक्ष अहम्मदले यसअघिको दुई वर्षे कार्यकालमा पर्सा जिल्लामा रहेका भूमीहिन विपन्न,दलित,अल्पसंख्यक समुदायका लागि आँफुले धेरै कामहरु गरिसकेको र अधुरा रहेका कामहरु यस कार्यकालमा पुरा गर्ने प्रतिबद्धता जनाए ।
अबको ३ वर्षे कार्यकालमा पर्सामा विद्यमान भूमि सम्बन्धि समस्या स्थायीरूपमा समाधान हुने उनले बताए।

अध्यक्ष अहमदले साविकका आयोग देखि हालसम्मको आयोगले गरेका कामकारबाहीलाई समेट्ने गरि स्मारिका प्रकाशित गर्ने निर्णयपनि गरेको जानकारी दिए

कार्यक्रममा नेकपा एमाले पर्साका अध्यक्ष डा. विश्वम्भर शर्मा , जसपाका नेता प्रेमबाबु पटेल , पर्साका प्रहरी उपरीक्षक कुमोध ढुंगेल,,सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल ,ठोरी गाँउपालिकाकी उपाध्यक्ष गोकुली रेग्मी, जिल्ला समन्वय समिति पर्साका प्रशासकीय अधिकृत महमद शेरे मुस्तफा,नेपाल पत्रकार महासंघ पर्साका सचिव विजय चौहान,जसपाका नेताहरु असलम आलम,मुकेश द्धिवेदी,अमित यादव, मुस्तकिम अन्सारी,मुकेश द्धिवेदी लगायतकाको उपस्थिती थियो ।


सम्बन्धित समाचार
भर्खरै