Logo

१६ माघ,काठमाडौँ । सङ्घीय संसद्को यही माघ १८ गते देखि शुरु हुने हिउँदे अधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.)को तर्फ बाट उठान गर्ने विषयमा छलफल गर्न पार्टीको संसदीय दलको बैठक बनस्थली स्थित केन्द्रीय कार्यालयमा जारी छ ।

दलका सचेतक निशा डाँगीले बैठकमा सङ्घीय संसद्को हिउँदे अधिवेशनमा रा.स्व.पा.को भूमिका, कार्ययोजना र प्राथमिकताबारे छलफल भइरहेको बताए ।

गत आइतबार बसेको रा.स्व.पा. सचिवालय बैठकले सरकारले ल्याएको पाँच अध्यादेश माथि आफ्ना सांसदले गुण–दोषका आधारमा धारणा राख्ने निर्णय गरेको थियो । रासस


सम्बन्धित समाचार