Logo

१८ माघ,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकमा आकस्मिक समय माग गरेको छ। सभामुखले बैठक सुरु भएको जानकारीसहित राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने तयारी गरेसँगै रास्वपाका सांसदहरूले उठेर आकस्मिक समयको माग गरेका हुन्।

सभामुखले बसेर सभा सञ्चालनमा सहयोग गर्न आग्रह गरेका थिए। ’आज दलीय आधारमा दलको प्रतिनिधिको हिसाबले विचार राख्ने कार्यसूची बनाएका छौँ त्यही कार्यसूचीलाई मानिदिनुहुन अनुरोध गर्छु’ उनले आग्रहसहित भने।

सभामुखले कार्यव्यवस्था समितिको बैठकमा सबै स्थितिको बारेमा जानकारी गराइसकेको भन्दै आसनग्रहणका लागि आग्रह गरे। ’मैले यसअघि नै हाम्रो स्थितिको बारेमा जानकारी गराइसकेको छु। हाम्रो कार्यसूचीअनुसार अघि जान सहयोग गर्नुस्,’ उनले भने, ’ऐनको विषय आफूलाई अनुकूल पनि नपढौँ। सभामुखको आदेशलाई पनि हेरौँ। मैले समय दिएको छैन। त्यसैले आसनग्रहण गरेर सभा सञ्चालनका लागि सहयोग गर्नुस्।’


सम्बन्धित समाचार