१८ माघ,काठमाडौँ । रास्वपाका सांसदहरूले प्रतिनिधिसभा बैठकको सुरुमै बोल्न समय नपाएको भन्दै होहल्ला र नाराबाजी गरेका छन् ।
कार्यसूचीमा प्रवेश नगर्दै रास्वपाका सांसदहरूले आसनबाट उठेर विरोध गरेका थिए । सभामुखले उनीहरूलाई आसन ग्रहण गर्न पहिला अनुरोध र त्यसपछि आदेश गर्दा समेत नमानेपछि रास्वपाको अवरोधकैबिच सभामुख घिमिरेले राष्ट्रपतिबाट प्राप्त पत्रहरू पढेर सुनाएका छन् ।
सभामुखले राष्ट्रपतिको पत्र पढ्दै गर्दा रास्वपा सांसदहरूले होहल्ला गरेका हुन् । त्यसपछि उनीहरू बैठक छाडेर निस्केका छन् ।