१८ माघ,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसदहरू बैठकमा फर्किएका छन् । संसद् अधिवेशन शुरू हुने दिन बोल्न शुक्रबार आकस्मिक समयमा बोल्न नपाएपछि रास्वपा सांसदहरूले बैठक बहिष्कार गरेका थिए ।
आफ्नो कुरा राख्न नपाएपछि १५ मिनेट सांकेतिक रूपमा बैठक बहिष्कार गरेको र त्यसपछि बैठकमा उपस्थित हुन लागेको रास्वपा सांसद सोविता गौतमले सञ्चारकर्मीलाई जानकारी दिइन् ।
बैठकमा सभामुख र रास्वपा सांसदहरूबीच लामो समय सवालजवाफ चलेको थियो ।
सभामुखले विरोधका बीच बैठक अगाडि बढाएपछि रास्वपा सांसदहरू बैठक छाडेर हिँडेका थिए ।