२१ माघ,काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको २४ औं महाधिवेशन जेठ १ देखि ४ सम्म आयोजना हुनेगरी सरेको छ ।
स्थायी कमिटीको सोमबार सम्पन्न बैठकले महाधिवेशनको मिति सारेको प्रवक्ता तथा अनेरास्ववियुका सचिव प्रकाश पौडेलले जानकारी दिए । यसअघि चैतमा निर्धारित महाधिवेशन स्ववियु निर्वाचन चैत ६ गते आयोजना हुने भएकाले सार्नुपरेको अध्यक्ष समिक बडालले बताए ।
अखिल स्थापना दिवसकै अवसर पारेर महाधिवेशनको मिति सारिएको हो । अनेरास्ववियुको स्थापना २०२२ साल जेठ १ गते भएको थियो । संस्थापक अध्यक्ष विश्वकान्त मैनाली थिए ।